
काठमाडौं । भारतिय अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । संक्रमण भएपछि उनि शनिवार अस्पताल भर्ना भएका छन् । अभिनेता बच्चनले सामाजिक संजाल टुइटरमा आफुलाई कोरोना पुष्टि भएको र अहिले अस्पतालमा भर्ना भएको जानकारी दिएका हुन ।
उनले गएको दश दिनमा आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुले पनि कोरोना जाँच गराउन अनुरोध समेत गरेका छन् । बच्चनको परिवारका सबै सदस्यको पनि कोरोना जाँच गरिएको छ तर उनिहरुको अहिलेसम्म रिर्पोट आएको छैन् ।
T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !— Amitabh Bachchan (@SrBachchan) July 11, 2020









