थप १७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि


काठमाडौं । थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थप १७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको हो ।

यसअघि दुई जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका प्रहरीको परीक्षण गर्दा शुक्रवार साँझ थप १७ जनाको रिर्पोट पोजिटिभ आएको हो । योसँगै कोरोना संक्रमित प्रहरीको संख्या १९ पुगेको छ ।

संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार