रवि पत्नी निकिताले भनिनः ‘आम–संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी’

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफ्ना रविका बिषयमा मुख खोलेकी छन् । उनले सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै पति रविलाई आम जनताको मनमा रहेको बताएकी छन् । मन्दिर दर्शनपछि फोटो पोष्ट गर्दै उनले भनेकी छन्, मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी।

उनले हिजो मिडियामार्फत जनततका दुख बोलेको आज आफुलाई दुख्दा कराएको समेत बताएकी छन् ।

‘हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्’, निकिताले स्टाटसमा लेखेकी छन् ।
रविले नागरिकताका कारण सांसद पद संगै उपप्रधान र गृहमन्त्री गुमाएपछि उनले सरकार छाडेका छन् ।

सरकारबाट बाहिरिदै गर्दा पत्रकार सम्मेलनमार्फत रवि नेपालका संचारमाध्यमहरुमाथि खनिएका थिए । कान्तिपुर देखि अनलाइनखबरसम्मका संचारमाध्यम संचालक र पत्रकारमाथि खरो टिप्पणी गर्दै गम्भिर आरोप समेत लगाएका थिए । नेपालका १२ भाई पत्रकारले आफु विरुद्ध मिसिन पत्रकारिता गरिरहेको रविको आरोप थियो । अहिले यो बिषयले निकै चर्चा पाएको छ ।

रविले नेपाली संचारमाध्यमहरुको हुर्मत लिएको भन्दै पत्रकार महासंघ लगायतले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारि गरेको थियो । पत्रकार सम्मेलनमा सभापति रविले संचारमाध्यममाथि गरेको कडा टिप्पणीले पार्टीलाई क्षती पुग्ने भन्दै पार्टीभित्रै उनको आलोचना समेत भएको बताइन्छ । हिजो बसेको केन्द्रिय बैठकमा नेताहरुले संचारमाध्यमप्रपित गरेको टिप्पणीबारे आत्मालोचना गर्न सुझाव समेत दिइएको बताइन्छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार