दादबाट छुटकारा पाउन यी उपाए अपनाउनुहोस्

  डा.सविना भट्टराई

काठमाडौं । सामान्यतया अरु समय भन्दा गर्मीको मौसममा दादको बढी जोखिम हुन्छ । गर्मीमा शरीरमा धेरै पसिना आउने भएकाले दाद चिलाउने, रातो हुने र पोल्ने जस्ता समस्या धेरै हुन्छ ।
गर्मीको मौसममा दादको जोखिमबाट बच्न छालारोग विशेषज्ञ डाक्टर सविना भट्टराईले यस्तो सुझाब दिएकी छन् । यी सुझावहरू अपनाउनुहोस्, तपाईलाई फाइदा गर्छ ।

दादका लक्षण

– चिलाउने ।
– सानो पैसा आकारको दाग देखिने ।
– फैलिँदै जाने ।
– बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ ।
– खराब औषधि पर्योो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहर्यााउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ ।

दादबाट छुटकारा पाउन यी कुरामा ध्यान दिऔ

– पसिनालाई शरीरमा ओभाउन नदिने ।
– कटनका लुगा लगाउने ।
– शरीरमा हावा छिर्ने खुला कपडा लगाउने ।
– शरीरमा फोहोर हुन नदिने ।
– सामूहिक पौडी पोखरीमा नजाने ।
-एक–अर्काको कपडा साटेर नलगाउने ।
– औषधि नमिसाइएको सादा साबुनले नुहाउने ।
– नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
– चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।
– जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।
– बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।
– आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।
– चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

दादकोको बढी जोखिम कतिबेला हुन्छ

– रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति ।
– मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका ।
– सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने ।
– एकआपसमा लुगा साटासाट गरेर लाउँदा पनि सर्छ ।
– कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार