
कैलाली । बलात्कार प्रयासको आरोपमा हिरासतमा रहेका सुदूरपश्चिम प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सांसद रावलमाथि थप अनुसंन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसअघि प्रहरीले उनलाई चार दिन हिरासतमा राखिसकेको छ। सांसद रावलविरुद्ध धनगढीकी २५ वर्षीया एक विवाहित महिलाले बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि उनि फागुन २१ गते पक्राउ परेका थिए । रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका थिए।










