काठमाडौं । काठमाडौंको टोखामा पहिरोमा परी दुई जना दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा टोखा नगरपालिका १ तासीडाँडामा बस्ने सचिन र सन्ध्या रानामगर रहेका छन् ।
मंगलबार बिहान खाना खाने समयमा आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन वर्षीया दुबै जुम्ल्याहा दिदीबहिनी हुन् ।
आमाबुबा टहरोमा खाना खाँदै गर्दा पहिरो खस्दा बच्चालाई तान्न नसकेर पुरिएर मृत्यु भएको बताइएको छ ।










