
गुल्मी । अविरल वर्षासँगै आएको पहिरोमा परी गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ टाहाटिम आटीपाटाका ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता रहेकी छन् ।
शुक्रबार राति उनीहरुको घरमाथि ढुंगा खस्दा घटनास्थलमै ढुंगाले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य केही घर जोखिममा रहेकाले सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।














