धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ६ का उनको उपचारकै क्रममा गएराति मृत्यु भएको हो ।

एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत  उनलाई प्लाज्मा थेरापी उपचारबाट बचाउनका लागि रगत खोजिदै थियो । तर सयमै रगत नपाइएकाले उनको मत्यु भएको आफन्तले बताएका छन् ।

९८ वर्षीय उनलाई स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या देखिएपछि साउन २६ गते धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

उनलाई काठमाडौंको नयाँ बानेश्वरको घरमै रहँदा कोरोना संक्रमण देखिएको थियो । उनको रेखदेख गर्ने छोरा बुहारीलाई पनि कोरोना पुष्टि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार