
पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकी छोरीलाई पनि कारोना संक्रमण पुष्टि भएको छ । सोमबार राति कोरोनाबाट मृत्यु भएकी तनहुँकी उनकी छोरीलाई मंगलबार विहान कोरोना पुष्टि भएको हो ।
सोमबार राति तनहुँकी ब्यास नगरपालिका १ की ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई घरमा गाह्रो भएपछि २५ वर्षीया छोरीले अस्पताल लगेर गएकी थिइन् ।











