
पोखरा । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा आजबाट जिल्लाभरी निधेषाज्ञा जारी गरिएको छ । आज राति १२ बजेबाट भदौं ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि नै पोखरा महानगरपालिकाले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञाका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीएमसी) मा सिफारिस गरेको थियो । सोही अनुसार निषेधाज्ञा जारी गरिएको बताइएको छ । पोखरामा गएराति मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ जना संक्रमित भेटिएका छन् ।
महानरले तिज लगाएतका पर्वहरु नजिकिदै गर्दा चाडवाडमा हिँडडुल गर्न पनि सबैलाई अनुरोध गरेको छ ।











