
काभ्रे । कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएका एक बृद्धको परिवारका ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमणबाट बृद्धको मत्यु भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । घरमा काम गर्ने एक जनावाहेक सबैको कोरोना
रिर्पोट पोजेटिज आएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले बताए । संक्रमितहरु सबैलाई अहिले होम आइसोलेसनमै राखिएको छ ।
धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय ती बृद्धको धुलिखेलमा उपचारका क्रममा गएराती मृत्यु भएको थियो । पिसाब बन्द हुने समस्या भएपछि उनलाई साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लग्दा उनमा कोरोना पुष्टि भएको थियो ।










