
काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढीले ठूलो क्षति गरेको छ । बाढीले विभिन्न ठाउँमा घर बगाउँदा आदि दर्जनको मृत्यु हुनुका साथै दर्जन बढी वेपत्ता भएका छन् ।
अछामको रामारोशन गाउँपालिका ५ मा कैलास खोलामा आएको बाढीले १६ घर बगाउँदा ४ जनाको शव भेटिएको छ भने १९ जना बेपत्ता भएका छन् ।
बाढीले पसल, बजारहरु र स्थानीयका खेतियोग्ग जमिन पनि बगाएर क्षति पुर्याएको छ ।
त्यस्तै बाजुराको दुई वटा ठाउँमा आएको बाढीले दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ६ की ७५ वर्षीया भिमु ल्वार र खप्तड छेडेदह गाउँपालिका ५ की ३ वर्षीया सनिका बुढा रहेका छन् ।
पहिरो खप्तड छेडेदह गाउँपालिका ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् । राति सुतेको बेला घर माथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु घाइते भएका हुन् ।
बझाङमा पनि पानीले ठूलो क्षति भएको छ । जिल्लाको बुङगल नगरपालीका ५ मिडीमा पहिरोमा परि चार जना घाइते भएका छन् भने दुई जना वेपत्ता भएका छन् ।
त्यस्तै पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको छ। पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।
१४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्।












