नेकपा स्थायी कमिटी बैठकमा सीमा विवादबारे परराष्ट्रमन्त्रीद्धारा ब्रिफिङ, अर्को बैठक भोली ११ बजे बस्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद बारे बिफिङ गरेपछि बैठक सकिएको हो ।

बैठकमा मन्त्री ज्ञावालीले आफुले सीमा विवाद समाधानका लागि वार्ता  गर्न भारतसँग पटक पटक आग्रह गर्दा पनि सकारात्मक नभएको बताएका छन् । उनले आफुले तीन पटक पत्र पठाउदा पनि त्यसको जवाफ नआएको बताए ।

बैठकमा उनले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको तर, यो विषयमा भारत सकारात्मक नदेखिएको बताएका छन् । अझै पनि सरकारले भारतले वार्ताको माध्यमबाट सीमा विवाद समाधानका लागि सहमति जनाउने विश्वास लिएको उनले बताए ।

आजको बैठकमा नेकपाका १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए ।

स्थायी कमिटीको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार