सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते

पोखरा । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखराको एक अस्पतालमा प्रदर्शन गरिएको छ । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी १० जना घाइते भएका छन् । आक्रोशित मृत्तकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भींडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । त्यसैगरी प्रहरीले तीन जना प्रदर्शन कारीलाई नियन्त्रणमा लिएको छ ।

अन्नपूर्ण गाउँपालिका ७ की ३३ वर्षीया निशाकुमारी थापा सुत्केरी व्यथा लागेपछि विहीबार बेलुकी अस्पताल भर्ना भएकि थिइन् । उनको राती ९ बजे बच्चा जन्मिएको थियो । उनको स्वास्थ्य यतिबेला सम्म सामान्य अवस्थामै थियो ।

बच्चाको जन्मपछि मृतक थापामो रक्तश्राव भएको थियो । उनको अवस्था विग्रीदै जाँदा समेत अस्पतालले उचित उपचार नगरेकाले उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

तर अस्पातालले भने उनको पाठेघरको शल्यक्रिया गरिए पनि बचाउन नसकिएको बताएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
थापाको उपचारमा अस्पतालले लापरवाही गरेकै कारण मृत्यु भएको भन्दै आफन्तले अस्पतालमै आन्दोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार