बझाङ। बझाङको डौठीमा भएको जिप दुर्घटना परि मृत्यु हुने सबैको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका–१ का कलकबहादुर खड्का, उनका छोरा। यस्तै सोहि ठाँउका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, लक्ष्मी द्धाल र चालक सुरेन्द्र थापा रहेको वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोशीले जानकारी दिए।
दुद्र्धटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उद्धारका लागि 9N AKD नम्बरको हेलिकोप्टरबाट नेपालगंज लैजाने काम भइरहेको छ ।
सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्री बाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मष्टा गाँउपालिका– १ डौठी भन्ने ठाँउमा सोमबार दिउँसो दुर्घटना भएको थियो।
जिप सडकबाट करिब एक किलोमिटर भिरमा खसेको बताइएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएकाले दुर्घटनाको कारण पत्ता लगाउन गाह्रो हुने प्रहरीको अनुमान छ । घटनाको प्रारम्भिक अनुमान अनुसार खराब सडक र क्षमता भन्दा बढि यात्रु जिपमा सवार रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसंन्धान भइरहेको छ ।