
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वा रेन्टिनमा बसेका छन् । गाडी चालकमा को रोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका हुन ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री भट्ट क्वारेन्टिन बसेका छन् ।
परिवारका सदस्यहरु बोकेको गाडीका चालकमा को रोना सं क्रमण देखिएको स्वकीय सचिव ओलीले पुष्टि गरे । परिवार बोकेको गाडीका चालकमा कोरोना पुष्टि भएपछि अहिले मुख्यमन्त्रीसहित परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको स्वकीय सचिव ओलीले बताए ।
भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित डोटी पुगेका थिए ।












