डोनल्ड ट्रम्पकी दिदी नै भन्छिन्ः ‘ट्रम्प ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आ लोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ।

उनले बोलेको कुरालाई गो प्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई “सिद्धान्तहीन, ढँटुवा, न क्कली तथा नि र्दयी” भनेकी छन्।

राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गो प्य रेकर्डिङ गरेकी थिइन्। मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको च र्को आ लोचना गरिएको छ। कुनै का नुनी समस्यामा फ स्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन्।

के भन्छ ह्वाइट हाउस ?
“हे भगवान्! उसको ट्वीट र झुट। यो नक्कलीपना र नि र्दयीपना,” श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ।

सो श्रव्य सामग्री सुरुमा द वाशिङ्टन पोस्ट पत्रिकाले बाहिर ल्याएको थियो। त्यसपछि समाचारसंस्था एपीले पनि प्राप्त गर्‍यो।

राष्ट्रपति ट्रम्पले यी पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्। ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ: “हरेक दिन कुनै नयाँ विषय आउँछ। कसलाई वास्ता छ!”

अरूलाई परीक्षा दिन लगाएको दाबी

गो प्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासीनीतिको आलोचना गरेकी छन् जसका कारण सीमामा भएका हिरासतकेन्द्रमा बाल बा लिकाले थुनिनुपर्‍यो।

“उनी केवल आफ्ना समर्थकले चाहेको जस्तो गर्न चाहन्छन्,” ब्यारीले भनिन्।

भतिजी मेरी ट्रम्पको किताबमा कसरी राष्ट्रपति ट्रम्पले साथीलाई पैसा दिएर आफ्नो साटो एसएटी परीक्षा – विश्वविद्यालयमा स्थान निश्चित गर्न आवश्यक एउटा परीक्षामा बस्न लगाएका थिए भनेर उल्लेख छ।

ब्यारीले त्यसैप्रति इङ्गित गरेको श्रव्य सामग्रीमा सुनिन्छ। त्यसमा उनी ट्रम्पका ती साथीको नाम पनि याद भएको बताउँछिन्।

“उनी (ट्रम्प) पेन्सल्भेनीआ विश्वविद्यालयमा भर्ना हुन सके किनभने उनले अरू कसैलाई आफ्नो तर्फबाट परीक्षा दिन लगाए,” ब्यारीले भनिन्।

विगतमा ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन्। आफ्नो शल्य क्रिया हुँदा भाइले हरेक दिन अ स्पतालमा भेट्न आएको उनले स्मरण गरेकी थिइन्। -साभार बिबिसि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार