
भारत । भारत र चीनबीचको त नाव अझै साम्य भएको छैन् । केहि महिनाअघि सीमा क्षेत्र लद्दाखमा भएको हि सांत्मक झ डपपछि दुबै देशबीच वि वाद चर्किएको हो । दुबै देशबीचको सीमा वि वाद सुल्झाउन संवादको कोशिष भएपनि सहमति हुन सकेको छैन् ।
यहिबीचमा भारतका चीफ़ अफ डिफेन्स स्टाफ़ (सीडीएस) जनरल बिपिन रावतले चीनसंगको वि वाद समाधानको अन्तिम विकल्प सैन्य कारवाही हुने बताएका छन् ।
भारतिय पत्रिका हिन्दुस्तान टाइम्सकाअनुसार चीनसंगको समस्या समाधानका लागि संवाद असफल भएमा भारतसंग सैन्य विकल्प रहेको सीडीएस रावतले बताए हुन् ।
उक्त पत्रिकामा उल्लेख रिर्पोटमा रावतले स्पष्ट रुपमा बताएका छन की पूर्वी लद्दाखमा चाइना पीपल्स लिबरेशन आर्मी द्वारा गरिएको अतिक्रमणसंग जुध्नका लागि भारतसंग एक सैन्य विकल्प छ। समस्या समाधानका लागि जब दुबै देशका सैनिकबीच संवाद विफल भएपछि मात्रै सैन्य विकल्प प्रयोग गरिने जनरल रावतले बताएका छन् ।
जनरल रावतले उक्त पत्रिकासंग्को कुराकानीमा भनेका छन, “वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अतिक्रमण वा सीमा उल्लंघन त्यो क्षेत्रका अलग अलग बुझाईमा हुने गर्दछ । डिफ़ेंस सेवालाई ज़िम्मेदारी दिइएको हुन्छ की त्यो एलएसीलाई निगरानी गर्नु र घुसपैठलाई रोक्नका लागि अभियान चलाउने । कुनै पनि यस्ता गतिविधिलाई शान्तिपुर्वक हल गर्न र घुसपैठलाई रोक्नका लागि सरकारका सम्पुर्ण दृष्टिकोणलाई अपनाइन्छ ।तर, सीमा क्षेत्रमा शान्ती कायम राख्न सफलता मिलेन भने त्यसपछि सैन्य कार्यवाहीका लागि सधैं तयारी रहनुपर्छ ।”












