विदेशमा पीसीआर रिर्पोट नेगेटिभ आएकाले सिधै घर जान पाउने : मन्त्री भट्टराई


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकाहरुले सिधै घर जान पाउने व्यवस्था भएको बताएका छन् । यसअघि विदेशबाट आउनेले आफ्नै खर्चमा एक साता होटलमा बस्नु पर्ने निर्णयविरुद्ध चौतर्फि विरोध भएपछि उनले नेगेटिभ रिर्पोट भएकाहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका हुन् ।

सरकारले गएको आइतबारबाट उद्धार उडान मार्फत विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार सुरु गरेको छ । सरकारले उद्धार गरेर ल्याएका नागरिकको रिर्पोट नेगेटिभ आएको भएपनि एकसाता अनिवार्य सरकारले तोकेका होटल क्वारेन्टिनमा बस्नु पर्ने सर्त राखेको थियो ।
सरकारको यो निर्णयको चौतर्फि विरोधपछि मन्त्री भट्टराईले अब सिधै घर जान पाउने स्पष्ट पारेका छन् । उनले को रोना सं क्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुलाई रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार