सम्धीको नियुक्तीबारे चर्को आलोचना भएपछि मन्त्री ईश्वर पोखरेलले मुख खोले

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सम्धीको नियुम्तीका बिषयमा मुख खोलेका छन् । आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको मन्त्री पोखरेलले दावी समेत गरेका छन् । बुधबार सामाजिकसंजाल फेसबुकमा एक सूचना राजी गर्दै आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको बताएका हुन् ।

“मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्,” उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने समेत मन्त्री पोखरेलले बताएका छन् ।

“यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु”, उनले लेखेका छन् ।।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको भन्दै सवत्र आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार