
कैलाली । मुख्यमन्त्रीका भान्सेकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासका भान्सेकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा कोरोना देखिएको हो । उनको भान्सेलाई कोरोना नेगेटिभ देखिएको छ ।
यसअघि चाडी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्टका आइसोलेसनमा बसेका छन् । तर मुख्यमन्त्री भट्ट र उनको कार्यालयका कर्मचारीको भने रिर्पोट नेगेटिभ आएको छ ।













