
काठमाडौं । कुलमान घिसिङकै कारण घाटामा चल्दै आएको नेपाल विधुत प्राधिकरण फाइदामा गएको छ । कुलमानकै कारण नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ ।
प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेर देशलाइृ फाइदा गरेको हो ।तर, १८ घण्टासम्म लोडसेडिङ गर्नेहरु नै देशमा चाहिने बिजुली भारतबाट आयात गरिरहेको भन्ने आरोप लगाइरहेका छन् ।
आर्थिक वर्ष २०७५/७७ मा ४१ अर्ब ३० करोड रुपैयाँको विद्युत निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पुर्याएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ ।
गत आवमा सबैभन्दा बढी असोजमा २ करोड ९६ लाख युनिट ऊर्जा भारत निर्यात गरिएको थियो ।यो सबै हेर्दा भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ ।
सधै घाटामा गइरहेको प्राधिकरण कुलमानको नेतृत्व पाएपछि उम्कन सफल भएको हो । तर, उनको कार्यकाल यहि भदौं २९ गते सकिदैछ । उनले अगाढी बढाएका कतिपय राम्रा योजनाहरु के हुने भन्ने चिन्ता आम जनताले गरिरहेका छन् । उनी हटेपछि फेरी कमिसनको खेलमा लोडसेडिङ हुने होकी भन्ने ज्ञास पनि देखिएको छ ।
त्यसैले कुलमानको कार्यकाल सकिदै गर्दा देशविदेशबाट सम्पुर्ण जनताले प्रधिकरणको निर्देशकमा फेरी कुलमानलाई नै निरन्तरता दिनुपर्ने चर्को आवाज उठाएका छन् । तर, सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेको छैन् ।











