
काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी, मोरङ, र रुपन्देहीका चार जना रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पताल २ जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी ४ जनाको मृत्यु भएको छ ।















