
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं, मोरङ, महोत्तरी, धनुषा र नवलपरासीका रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











