किन जलाए सुदूरपश्चिममा कांग्रेस र राजपाले रातो किताब

काठमाडौं । विहिबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको गेटमै अनौठो दृश्यि देखिएको थियो । नेपाली पोशाकमा सजिएका महिला र पुरुष सांसदहरुले रोतो किताब जलाई रहेका थिए ।

सामान्यतया अरु दिनको भन्दा विहिबारको दृश्य फरक नै थियो । दृश्यबाटै थाहा हुन्थ्यो कि प्रदेश सरकारले ल्याएको बजेट प्रति सांसद कत्तिको सन्तुष्ट छने भन्ने कुरा । सरकारले ल्याएको बजेट प्रदेशबासीको हितमा नभएको भन्दै सांसदहरुले प्रदेश सभाको गेटमै आगामी आर्थिक वर्षको वजेट र वार्षिक कार्यक्रम समेटिएको रातो किताब जलाएका छन् ।

बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले सहमति जनाएका छन् ।  उनीहरुले सरकारले ल्याएको बजेटले सदनको समेत अपमान गरेको भन्दै यो बजेट असन्तुलित रहेको आरोप समेत लगाएका छन् ।

उनीहरुले रातो किताबलाई ब्ल्याङ्क बुकको संज्ञा दिएका छन्। किताब जलाउनु भन्दा पहिले दिउँसो तीन बजे बोलाईएको प्रदेश सभा बैठकमा समेत उनीहरुले अवरोध गरेका थिए ।

बजेटकै विषयलाई लिएर कांग्रेस र राजपाले विरोध जनाएपछि संसदन बैठक समेत स्थगित गरिएको थियो । बैठक आउने असार ८ गते बोलाइएको छ ।

तर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले भने विरोध गर्दैमा बजेट संसोधन गर्न नसकिने बताएका छन् । साथै उनले बजेटलाई लिएर विरोध गर्नुपर्ने कुनै कारण नरहेको समेत स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार