
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरा र वीरगञ्जमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र वीरगञ्जको नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको डुमरवाना १४ की ५५ वर्षीय महिला रहेकी छन् ।
उनीहरु दुबै जना कोरोना संक्रमणपछि उपचाररत रहेका थिए ।










