मन्त्री सोडारीमाथि कार्यकक्षमै छिरेर अभद्र व्यवहार


कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् ।

अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावलले कार्यकक्षभित्रै प्रवेश गरी अभद्र ब्यवहार गरेको मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहोराद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री सोडारी बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अभद्र व्यवहार गरेको बोहरा भनाई छ ।

जारी विज्ञप्ति

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार