
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले ३० सांसदको समर्थनको मत पाएका छन् ।
भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमालेको माधव समूहका १७ जनाले मत हालेका थिए ।
कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।










