
काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज कोरोना निको भएर ५ जार ७६८ जना घर फर्किएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।
कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।










