काठमाडौँ । सात वटै प्रदेश सरकारले आज आर्थिक बर्ष ०७६÷७७ बजेट सार्वजनिक गर्दैछन् । दिउँसो बस्ने सातवटै प्रदेश संसद बैठकमार्फत आर्थिक बर्षको बजेट सार्वजनिक गरिन लागेको हो ।
संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले असार १ गते आजका दिन आर्थिक बर्षको बजेट सार्वजनिक गर्न लागेका हुन ।
यस पटक पनि सातवटै प्रदेश सरकारहरु बजेटमा शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बिषयहरु प्राथमिकता परेका छन् । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुनेछ ।
हेर्नुहोस सातवटै प्रदेशको बजेट विवरण:
सुदुर पश्चिम प्रदेश–२९ अर्ब
कर्णाली प्रदेश– ३३ अर्ब
प्रदेश ५– करिब ३४ अर्ब
गण्डकी प्रदेश–३२ अर्ब
प्रदेश ३– ४८ देखि ५० अर्ब
प्रदेश २– करिब ३५ अर्ब
प्रदेश १ – करिव ४२ अर्ब