
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
संसद सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका हुन् ।
बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएको छ ।








