
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टी भएको छ ।
काठमाडौं २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गइरहेकोप्रति स्थानिय चिन्तित बनेका छन् ।
उपत्यका प्रवेश गर्नेको संख्या ठुलो रहेकाले बाहिर आएका ब्यक्तिबाट संक्रमणको जोखिम रहेको बताइएको छ । विज्ञकाअनुसार संक्रमण नफैलियोस भन्नका लागि उपत्यकावासी सबैको पीसीआर परीक्षण गर्नुपर्ने बताइरहेका छन् । कोरोना जाँचका लागि बनेको निर्देशिकाअनुसार लक्षण देखिएका ब्यक्तिको मात्रै अहिले पीसीआर परीक्षण भइरहेको छ ।










