
काठमाडौं । लकडाउन खुकुलो भएसंगै सुनको मुख्य ह्वात्तै घटेको छ । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको छ ।
यसैगरी तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य आज तोलाको एक हजार २९५ रुपैयाँमा झरेको छ । असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, लकडाउनका कारण वैशाख १५ गतेदेखि बन्द रहेको सुनचाँदीका सिलहरु भोलीदेखि सञ्चालनमा आउँदैछ ।
उपत्यकाका तीनै सिडिओहरुको बैठकले गरेको निर्णयअनुसार साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल खुल्नेछन् ।










