कांग्रेसले बालुवाटारमा पार्टीका कार्यक्रम नगर्ने : महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले पार्टीका कुनै पनि कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन् । उनले ट्विटर गर्दै पार्टीका कार्यक्रम सरकारकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्न कांग्रेसले यस्तो निर्णय गरेको बताएका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत  परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’ महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।

यसअघि पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु धर्नामा बसेपछि कांग्रेस पदाधिकारी बैठक बुढानिकलण्ठमा राखिएको कांग्रेसले जनाएको छ ।

अबदेखि कांग्रेसका कुनै पनि बैठक बालुवाटारमा नगर्ने बताएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार