
काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएपछि जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ(आफनो धारणा राख्नेछन्
।










