महानगरका नगरप्रहरी प्रमुख निलम्बित,जिम्मेवारीबाटै हटाउने तयारी (भिडियोसहित)


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ।

पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । गुरागाईंले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हो ।

गुरागाईंले आफूलाई कार्यकक्षमा प्रवेश गर्न किन अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। जसको चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गरेको महानगर स्रोतले जनाएको छ ।

पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कार्यपालिका बैठकमा सिफारिस गर्ने तयारी रहेको बताइएको छ ।

गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्दा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेका थिए भने उनको कार्यकक्षको ढोका बन्द गरेर प्रवेश गर्न दिएका थिएनन् ।

गुरागाईंलाई कार्यकक्षमा छिर्न नदिएपछि उपमेयर सुनिता डंगोलको अगुवाईमा वडाध्यक्षहरुले ढोका फुटाएर उनलाई कार्यकक्ष प्रवेश गराएका थिए । त्यो घटनापछि गुरागाईंले यही जेठ ६ गते पाण्डेसँग ७ बुँदे स्पष्टीकरण सोधेका थिए । जसमा पाण्डेले मेयरको आदेश पालना गरेको बताएका थिए ।

भिडियो पनि हेरौं

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार