
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन्। आज पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी एमाले परित्याग गरी नेकपा एस प्रवेश गरेका हुन्।
एमालेमा अझै पनि आग्रह पूर्वाग्रह कायमै रहेको र पार्टी सुधारका लागि बनाइएको १० बुँदे पनि कार्यान्वयन नभएपछि एमाले छोडेको जोशीले बताएका छन् । जोशीलाई पार्टी अध्यक्ष माधव नेपालले स्वागत गर्दै नेकपा एसको स्थायी कमिटी सदस्यमा राख्ने निर्णय भएको जानकारी दिए ।

जोशी २०५१ सालको निर्वाचनमा सुदूरपश्चिमको बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा जोशी संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए। उनि वनमन्त्रीसमेत भइसकेका नेता हुन् । सुदूरपश्चिममा एमालेको बलियो नेताका रुपमा रहेका जोशी नेकपा एस प्रवेश गरेसंगै एमालेलाई धक्का लागेको छ ।
यो भिडियो पनि हेर्नुहोस










