
सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । बिष्टलाई माओवादी केन्द्रले दलको सदस्य समेत नरहनेगरी निलम्बन गरेपछि उनि आज एमाले प्रवेश गरेका हुन्।
एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिष्टलाई पार्टी प्रवेश गराएका हुन् ।
माओवादी केन्द्रको प्रमुख सचेतक रहेकै समयमा गत फागुन २७ गते अध्यक्ष प्रचण्ड सुर्खेत पुगेका बेला विष्टले पार्टीसँगै सांसद पद त्यागेको घोषणा गरेका थिए । त्यसपछि उनलाई पार्टी सदस्य समेत नरहनेगरी निष्कासन गरिएको थियो ।










