
काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले किरात समुदायको पर्व उधौली र ज्यापू समुदायको योमरी पुन्हि पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
पर्वको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा भाइचारा, मेलमिलाप र शान्ती कायम होस भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
जारी सन्देशमा विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको उल्लेख छ ।
सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र पार्टीको स्पष्ट रणनीति रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु नेपालीका पहिचान भएको बताएका छन् ।












