
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिदैछ। वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिन लागेको निर्वाचन आयोगले जनाएको छ ।
देशभरीकै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह दिइने कर्याक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले हिजो मात्रै उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरेपछि आज निर्वाचन चिन्ह दिइन लागेको हो ।
चिर्वाचन कार्य तालिकाआनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता गरेपछि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय आयोगले तोकेको थियो । त्यसपछि वैशाख १४ र १५ गते मनोनयनपत्रमाथि जाँच तथा उजुरी लिने, नामावली प्रकाशन गर्ने लगायतका काम भएका थिए भने १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम भएको आयोगले बताउको छ ।
आसन्न स्थानिय निर्वाचनका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै यसपटक स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढि नै रहेको छ।










