
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उनले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा हिजो नयां १५ जना मन्त्रीहरुले शपथ लिँदा उनि छुटेकी थिइन् ।
शपथग्रहण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि उपस्थित थिए । सिर्पाली काठमाडौं बाहिर भएकाले शपथग्रहणमा उपस्थित हुन सकेकी थिइन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा सिर्पाली दलित समुदायबाट एक्लो मन्त्रीसमेत हुन् । उनि माओवादी पार्टीको केन्द्रिय सदस्य पनि हुन् ।











