
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह ९बालेन० लाई उनकी पत्नीले बधाई दिदैं मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छन् । गए मध्यराती निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारीरुपमा विजेता घोषणा भइसकेपछि बालेनलाई अहिले देश विदेशबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
यहि क्रममा बालेनकी पत्नी सबिना काफ्लेले सामाजिकसंजाल फेसबुकमार्फत बधाई दिदैं मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी हुन् ।
‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ’, उनले फोसबुकमा स्टाटस लेखेकी छन् । काम गर्न निकै चुनौती रहेकाले घरी घरी आफुलाई डर पनि लाग्ने उनके भनाई छ ।
‘घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन’, सबिनाले लेखेकी छन् ।
घरभित्रबाट जितेर हिंडेको मान्छेको बाहिर पनि हार नहुने सबिनाले स्टाटसमा लेखेकी छन् ।
‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’, उनले लेखेकी छन् ।
भिडियो पनि हेरौंं











