अस्पतालमा औषधि अभाव,बिरामी मर्कामा

जाजरकोट । अस्पतालमा औषधी अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको हो। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार इन्जेक्सन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल  इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव छ । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरिद गर्न बाध्य हुनु परेको बिरामीको गुनासो छ । ।

अभाव भएको औषधि केही दिनमा आइपुग्ने अस्पतालका प्रमुख डा. केसर कार्कीले बताए। कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार