
कैलाली। कैलालीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको टिकापुर प्रहरीले जनाएको छ ।
साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका दिनेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।












