
काठमाडौं । आगामी चुनावमा नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी हुन् ।
ढिलै भएपनि निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले मतदान गर्ने व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण समेत गराएकी छन्।
सदस्य रावलले भनिन्, ‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारवारले व्यवस्थित गर्न र विगतको कालो दिन दोहोरिन नदिन आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहान्छु,।










