प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट श्रममन्त्री कुँवर उम्मेदवार सिफारिस


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम १ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले मन्त्री कुँवरलाई अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। बैठकले क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्रलाई सिफारिस गरेको छ। यस्तै, प्रतिनिधि सभा १ को (क) बाट कुलबहादुर कुँवर र हिक्मत कुवर, (ख) बाट हिरन्ड भट्टराई र रत्ना तामाङ सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ को (क) बाट डबल चलाउने, दीपक बिष्ट र दुर्गा बोहोरा सिफारिस भएका छन् भने (ख) बाट शंकर भण्डारी, नवराज साउद र नयन सोडारी सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ।

प्रतिनिध सभातर्फको खुला समानुपातिकमा बलबहादुर सोडारी, भक्तबहादु शाही र योगेन्द्र बिष्ट, महिलामा बिन्द्रा साउद सिफारिस भएका छन् ।

त्यस्तै बैठकले प्रदेश सभा समानुपातिक महिलातर्फ मिना साउद, केशरी रेग्मी, देवकला चलाउने, कृष्णा जैसी न्यौपाने र जयन्ती बोगटी, समानुपातिक खुलातर्फ कल्यान बोगटी र हर्क साउद, दलिततर्फ डम्बर नेपाली, जित निशानी र इन्द्र जैगडि सिफारिस भएका छन् ।

सत्ता गठबन्धनले चुनावमा सिट बाँडफाँट गरेर जाने भनेपनि अहिले नै निर्णय नभइसकेको अवस्था एकिकृत समाजवादीले भने भटाभट उम्मेदवार सिफारीस गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार