
काठमाडौं। नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद रतन थापा लगायतका नेताहरु एमाले नेताहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरेकी हुन्।
स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो । स्थानिय चुनावको केहि महिनाअघि मात्रै गठन भएको नागरिक उन्मुक्ती पार्टी कैलाली जिल्लामै पहिलो भएको थियो भने मंसिर ४ गते हुने चुनावमा पनि पहिलो हुनेगरी तयारी गरिरहेको छ ।
अदालतबाट टिकापुर घटनाको मुख्य दोषी ठहर भएर जेलमा रहेका रशेम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष राखेर नागरिक उन्मुक्ती पार्टी खोलेका थिए ।












