
बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प धम्मा महशुस गरिएको छ। धक्का महशुस गरिएपछि स्थानियहरु घर बाहिर निस्केका थिए ।
हिजो बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । भूकम्पको धक्काले करिब १० वटा घरहरु भत्किएका छन् भने केहि घरहरु चिरा परेर बस्न नसकिने अवस्थामा रहेकाछन् ।












