संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनको आवश्यकता भएको हो : मन्त्री कुँवर

विना शंका गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अछामी जनतालाई आग्रह


अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधान बचाउन र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएका छन् । अछामका विभिन्न ठाउँमा भएका चुनावी आम सभामा बोल्दै मन्त्री कुँवरले देशको अवस्था र परिस्थितिलाई मध्येनजर गर्दै विशेष अवस्थामा गठबन्धन बनेकाले शंका नगर्न अछामी जनतालाई आग्रह गरेका छन् ।

उनले अछामी जनताले गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउनेमा आफुहरु विश्वस्त भएको पनि बताए । साथै कुँवरले सत्ता गठबन्धनले जितेमा अछाममा विकास निर्माणका कामले गति लिने बताएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कुँवरले गठबन्धनले जितेमा सेती लोकमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, बुढीगंगा जलविद्युत आयोजनाका कामलाई तीव्रता दिने, वयालपटा अस्पताल र एयरपोर्टको स्तरोन्नति, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनीकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

देशको अग्रगमन र विधिको शासनको लागि गठबन्धन बनेको र यो पछिसम्म कायम रहने उनको भनाइ छ । गठबन्धनका उम्मेदवारले जितेमा पाँच वर्षमा जिल्लाको विकास निमार्णका लागि मिलेर जाने प्रातिबद्धता समेत मन्त्री कुँवर जाहेर गरेका छन् ।

यस्तै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् पूर्व कानुन मन्त्री गोविन्द बन्दीले संविधान र लोकतन्त्रको रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताए । उनले भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई जिताउन अछामी जनतालाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार