बाजुरामा मतगणना सुरु


बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना १२ दिनपछि आज दिउँसो साढे ३ बजेबाट सुरु भएको हो ।

जिल्लाको मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार